Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चीनले मरुभूमि क्षेत्रमा सयौं मिसाइल निर्माण गरिरहेको अमेरिकाको दाबी

एजेन्सी।  चीनले आणविक हतियारको भण्डार बढाउनु चिन्ताको विषय भएको अमेरिकाले बताएको छ ।  चीनले यस विषयमा अमेरिकासँग छलफल गर्नुपर्ने वताएको छ ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भने, 'असन्तुलित हतियारको प्रतिस्पर्धाको व्यावहारिक समाधानका लागि चीनले अमेरिकासँग कुरा गर्नुपर्दछ।'

अमेरिकी अखबार वाशिंगटन पोस्टले एक रिपोर्टमा  चीनले पश्चिमी प्रान्तको मरुभूमि क्षेत्रमा सयौं भन्दा बढी मिसाइल सिलो (मिसाइल अड्डाहरू) निर्माण गरिरहेको दाबी गरेको छ ।

नेड प्राइसले भने, 'यस्तो देखिन्छ कि चीनले आफ्नो दशकौं पुरानो आणविक नीतिलाई न्यूनतम विफलताबाट फरक मार्ग अपनाइरहेको छ।
हतियार संकलन चिन्ताजनक छ र यसले चीनको अभिप्रायप्रति शंका उत्पन्न गर्दछ।

नेड प्राइसले  आणविक खतराहरूलाई कम गर्न व्यावहारिक कदमहरूको आवश्यकतालाई पनि जोड दिए ।

त्यस्तै चीनको आधिकारिक अखबार ग्लोबल टाइम्सले अमेरिकाले  चीनको आणविक हतियारको बारेमा जनमतलाई दबाब दिन चाहेको  र चीनलाई यसको प्रतिक्रिया दिन बाध्य पार्न लागिएको उल्लेख गरेको छ।

उक्त लेखमा भनिएको छ, 'चीनको आणविक क्षमता सुदृढ पार्नबाट रोक्नु र यसमा विवाद खडा गर्नु हो।' तर हालसम्म चीनले यी प्रतिवेदनहरूमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

हालै चीनको कम्युनिष्ट पार्टीको शताब्दी वर्षको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई धम्काउन खोज्ने विदेशी शक्तिहरूलाई परास्त गर्ने घोषणा गरेका थिए ।

जिनपिङले चीनले आफ्नो सैन्य शक्ति बढाउने उल्लेख गरेका थिए। जिनपिङले ताइवानलाई चीनमा सामेल गर्ने र हङकङमा सामाजिक स्थायित्व ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे।
पेन्टागनले २०२० मा अमेरिकी कंग्रेसलाई पेश गरेको प्रतिवेदनमा  चीनमा २०० भन्दा बढी आणविक हतियार हुन सक्ने उल्लेख गरेको थियो । प्रतिवेदनमा चीनले आफ्नो सेनालाई आधुनिकीकरण गरिरहेको छ र यस समयमा हतियारको संख्या दोब्बर हुन सक्ने वताएको थियो ।

विश्लेषकहरूका अनुसार अमेरिकासँग ३८०० जति आणविक हतियारहरू छन्। ती मध्ये १३५७ हतियार राखिएको छ।

अमेरिकाले चीनलाई रूससँगको नयाँ हतियार  सम्झौतामा सामेल नहुन दबाब दिएको छ । - बिबिसी हिन्दीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077