Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अफगान सैनिक ताजकिस्तानमा शरण लिँदै

    अफगान सैनिक ताजकिस्तानमा शरण लिँदै

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । तालिबान बिद्रोहीसँगको भिडन्तपछि अफगानिस्तानका सैनिकहरु ताजकिस्तानमा शरण लिन थालेका छन् ।

    हालसम्म एक हजारभन्दा बढी अफगान सैनिकले छिमेकी देश ताजकिस्तानमा शरण लिएको बीबीसीले जनाएको छ । सीमा क्षेत्रमा भएको भिडन्तको क्रममा सैनिकहरु ताजकिस्तान भागेका हुन् ।



    आफ्नो ज्यान जोगाउनका लागि बाध्य भएर अफगान सैनिकहरु आफ्नो देश प्रवेश गरेको सीमा सुरक्षाका लागि खटिएका ताजकिस्तानको सुरक्षा बलले जनाएको छ ।



    पछिल्लो समय अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढ्दै गएका छन् । तालिबानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरु बिस्तार गर्दै लगेको छ । देशको उत्तरी क्षेत्रमा तालिबान बिद्रोही बलियो देखिएको छ ।

    अमेरिका, बेलायतसहित नेटो सैनिकहरुले अफगानिस्तान छोड्न थालेसँगै तालिबानले गतिविधि बढाएको छ । दुई दशकको युद्धपछि अमेरिका तथा नेटो सैनिकको अन्तिम समूह फिर्ता हुने क्रममा छ । आउँदो सेप्टेम्बर ११ सम्म अमेरिकी सैनिकको फिर्ती प्रक्रिया पूरा हुने छ ।

    विदेशी सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा पुनः हिंसाको अवस्था आउने भन्दै चासो र चिन्ता व्यक्त भइरहेका बेला तालिबानबाट ज्यान जोगाउन अफगान सैनिक छिमेकी देशको शरणमा पुगेका हुन् ।

    सबै विदेशी सैनिकले आउँदो सेप्टेम्बरसम्म अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी तालिबानले दिँदै आएको छ । विदेशी सैनिकको साथ पाउँदै आएको अफगान सेनाले देशको सुरक्षाको जिम्मा एक्लैले सम्हाल्ने बताए पनि सफल हुन सकेको छैन ।

    बिद्रोही तालिबानले हालसम्म अफगानिस्तानको चार सयमध्ये एक सय जिल्ला आफ्नो कब्जामा लिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार