Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डका ‘घरबेटी ठेकेदार’ कालोसूचीमा, २ वर्षसम्म ठेक्का नपाउने

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । अनुगमनको कार्यालयले पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का घरबेटी ठेकेदारुको रुपमा चिनिएका शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज  कालोसूचीमा परेको हो ।

मल खरिदमा शर्तअनुसार काम नगरेपछि कृषि सामाग्री केन्द्रको सिफारिसमा उनको कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कालोसूचीमा राखिएको हो ।

सो कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। यो अवधिमा सो कम्पनीले कुनै पनि प्रकारको सार्वजनिक खरिदसम्बन्धी काममा सहभागिता जनाउन पाउने छैन ।

शैलुङकै कारण बजारमा मलको हाहाकार भएको थियो । अधिकारीको अर्को कम्पनी शैलुङ कन्ट्रक्सन पनि ठेक्का पारेर काममा अलपत्र पार्ने कम्पनीको रुपमा चिनिन्छ । बालाजुबाट नुवाकोट जाने सडक, नगरकोट जाने सडक लगायत सडकहरु वर्षौदेखि अलपत्र पार्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077