Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौं प्रहरीको अप्रेसन : सट्टेबाजीदेखि वन्यजस्तुको अवैध कारोबारमा संलग्न चिनियाँ गिरोह पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१७ ज्याठास्थितको गल्लीभित्र होटल नै सञ्चालन गरेर जुवातासको धन्दा चलाउने चिनियाँ नागरिकहरुको गिरोहलाई प्रहरीले विभिन्न दुर्लव बन्यजन्तुको छाला र ८ लाख ८९ हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।

चिनियाँ नागरिकहरुबाट तरबार, खुकुरी, बुद्धचित्त माला, रुद्राक्ष, विभिन्न बज्यजन्तुका छालाहरु बरामद भएको हुँद उनीहरुको गिरोहको संजाल ठूलो रहेको काठमाडौं प्रहरकिो आशंका रहेको छ ।

आज परिसरमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले ज्याठाबाट सोमबार राती ४ जना चाइनिज नागरिकलाई पक्राउ गरिएको जानकारी दिए। एसएसपी सिंहका अनुसार पक्राउ परेका चिनियाँले आफ्नै होटल खोलेर इलेक्ट्रिक माध्यमको जुवा खेलाउँदै आएका थिए । ‘एक जना चिनियाँले होटल खोलेर चाइनिज प्रविधिको इलेक्ट्रिक जुवा खेलाउँदै आएका रहेछन्’, एसएसपी सिंहले भने, ‘माजुङ भन्ने प्लास्टिकको गोटी र विद्युतीय टेबल फेला परेको छ।’

प्रहरीले उनीहरुको साथबाट बिभिन्न कम्पनीका मोबाईल थान–७, बाघको छाला जस्तो देखीने थान–१, गाईको छाला जस्तो देखीने थान–१, कस्तुरीको बिना जस्तो देखीने थान–२०, बुद्वचित्त थान– ९००, रुद्राक्षःअं तौल २० केजी, राहधानी थान–२, बिभिन्न चाईनिज बैंकहरुका एटीएम कार्ड थान–३५, बाघको दाँत जस्तो देखीने थान–२, फलामको धारिलो खुकुरी थान–२ र फलामको धारिलो तरबार थान–१ बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077