Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना भाइरस : संक्रमितको संख्या फेरि बढ्यो, २,६३४ जनामा संक्रमण पुष्टि

    कोरोना भाइरस : संक्रमितको संख्या फेरि बढ्यो, २,६३४ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६३४ जना कोरोना संक्रमित थपिएका छन् भने १ हजार ५६५ जना कोरोनामुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७,५०३ जना र एन्टीजेन विधिबाट ५,०८२ जना गरी जम्मा १२,५८५ जनाको कोरोना परिक्षण गरिएको छ ।



    यससँगै नेपालमा हालसम्म ६ लाख ८४ हजार ९  सय ९५ जना संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ९ हजार २ सय ६३ जनाको मृत्यु भएको छ ।



    स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार