Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंका तिब्बती क्याम्पमा पूजाआजा र केक काटेर दलाई लामाको जन्मदिन मनाइयो

काठमाडौं।  तिब्बती धार्मिक नेता दलाई लामाको ८६ औं जन्मदिनको अवसर पारेर काठमाडौंका विभिन्न तिब्बती क्याम्पमा पूजापाठ गरिएको छ ।

नागार्जुन नगरपालिका–२ मा रहेको नाम्गेल स्कुलमा दलाई लामाको जन्म दिनको अवसरमा केक काटेर मनाइएको छ ।

तिब्बती क्याम्पमा भएको पूजापाठमा दलाई लामाका प्रतिनिधि अफिसका प्रमुख छुलटिम ग्यात्सोलगायत तिब्बती क्याम्प स्वयम्भूका अध्यक्ष कर्माग्याल्चोको समेत उपस्थिति रहेको थियो ।

बौध्दस्थित साम्देलिङ गुम्बामा पनि केक काटेर दलाई लामाको जन्मदिन मनाइएको छ  ।

पहिला पहिला तिब्बती शरणार्थीहरुले नेपालको एक चीन नीतिलाई अप्ठ्यारो पार्दै जन्मदिनका नाममा आत्मदाह, जुलुसजस्ता अप्रिय घटना प्रदर्शन हुने गर्दथे ।

तर, अहिले भने जुलुस प्रदर्शन नगरिक संयमित भएर क्याम्पभित्रै पूजाआजा र केक काटेर जन्मदिन मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077