Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रचण्डविरुद्ध उजुरी दिन पूर्वमाओवादी केन्द्रका नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसदहरु नेकपा माओवादी केन्द्रका अध्यक्षविरुद्द उजुरी दिन निर्वाचन आयोग जाने भएका छन्।

पूर्वसांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोलीले आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोग जाने भएका हुन्।

‘हामी प्रत्यक्ष निर्वाचित सांसद हौँ, महाधिवेशन नै नगरेका प्रचण्डले हामीमाथि गरेको कारबाही वैधानिक छैन’, पूर्वमाओवादी नेता प्रभु साहले भने, ‘त्यसैले अवैधानिक रुपमा गरिएको कारबाही फिर्ताको माग गर्दै आयोगमा निवेदन दिन लागेका हौँ ।’

सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका उनीहरुलाई माओवादीले कारबाही गरेको थियो ।

अवैधानिक पार्टीले गरेको कारबाहीका कारण जनताबाट निर्वाचित आफूहरुको पद गएको भन्दै उनीहरुले गुनासो समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077