काठमाडौं । काठमाडौंको कपनबाट १० महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् ।
कपनको सिमलटारस्थित एक घरबाट मंगलबार राति जुवा खेलिरहेका बेला उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट १४ लाख रुपैयाँ र जुवा खालबाट ३३ थान कौडासमेत बरामद गरिएको छ भने खेल्दै गरेको १३ बुक तास बुक र नखोलेको २१ बुक तास फेला परेको प्रहरीले जनाएको छ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण घरमा रहेकाहरु भेला भएर तास जुवा खेलेको भेटिएको छ ।