Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद विघटन गरेर प्रधानमन्त्रीले जघन्य राजनीतिक अपराध गरे : रामनारायण बिडारी

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेर जघन्य राजनीति अपराध गरेको आरोप लगाएका छन्।

आज राष्ट्रियसभाको बैठकमा बोल्दै बिडारीले यस्तो अपराध संसारका कुनै तानाशाहले पनि नगर्ने बताए।

एउटै प्रधानमन्त्रीले एउटै प्रतिनिधिसभालाई दुई-दुई पल्ट विघटन गर्नु भनेको जघन्य राजनीतिक अपराध हो ।’ बिडारीले भने, ‘यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानाशाहले गर्दैन । किनभने प्रतिनिधिसभा जनताको सभा हो।’

प्रधानमन्त्री चुन्ने मुख्य कर्तव्य प्रतिनिधिसभाको भएको भन्दै बिडारीले भने, ‘प्रतिनिधिसभालाई विघटन गरेर त्यसको सम्पूर्ण अधिकार आफूले प्रयोग गर्ने यो बेइमानी हो ।’

यस्तै, राष्ट्रियसभा सदस्य विडारीले दोस्रो संविधानसभाको व्याख्यात्मक टिप्पणी योजनाबद्ध रुपमा गायब पारिएको दाबी समेत गरेका छन् । विडारीले संविधानमा धारा ७६(५) राख्नुपर्छ भनेर संविधानसभा सदस्यहरुले बोलेको कुरा नै गायब गरिएको बताएका हुन् ।

‘व्याख्यात्मक टिप्पणी पहिलो संविधानसभामा थियो । अहिले दोस्रो संविधानसभाको व्याख्यात्मक टिप्पणी खर्लप्प खाएछ,’ बिडारीले भने, ‘अनि सत्तासँग ठ्याप्प टाँसिएछ । मुखमा पानी हालेर बसेको छ, बोल्दैन ।’

संविधानका व्यवस्था के उद्देश्यले राखिएका हुन् भन्ने विषय व्याख्यात्मक टिप्पणीमा राखिन्छ । तर नेपालको संविधानको व्याख्यात्मक टिप्पणी भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077