Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नायिका जेनी कुँवरद्वारा अपार्टमेन्टमा आत्महत्या

काठमाडौं । नेपाली फिल्मकी नायिका जेनी कुँवरले आफू बस्ने अपार्टमेन्टमा आत्महत्या गरेकी छिन् ।

कुँवरले थापागाउँस्थित  सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती  आत्महत्या गरेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। एसएसपी  सिंहका अनुसार उनको शव उक्त अपार्टमेन्टमा फेला परेको हो।

प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको एसएसपी सिंहले वताए ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँर पछिल्लो  अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँदै आएकी थिइन ।

कुवँरले मैदान, जीननदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077