Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संक्रमितको संख्यामा पुन: वृद्धि, थप २,२३९ जनामा संक्रमण पुष्टि

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २३९ जना कोरोना संक्रमित थपिएका छन् भने १ हजार ३१६ जना कोरोनामुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६५६ परीक्षण गर्दा ७६० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ९ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । यसअघि हिजो २९ जनाको मृत्यु भएको थियो।

स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ । यस्तै बिगत केही दिनयता देशभर जारी रहेको निषेधाज्ञा बिस्तारै खुकुलो भएसँगै संक्रमितको संख्या पुन: बढ्दै गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077