Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता प्रसाईँको कार दुर्घटनामा निधन

काठमाडौँ । नेकपा एमाले विर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईँको आज कार दुर्घटनामा निधन भएको छ ।

प्रसाईँ ४५ वर्षका थिए । उनी आफैँले चलाएको बा १६ च ८१८२ नम्बरको कार भद्रपुर–९ चन्द्रगढीस्थित मेची लोकमार्गमा रहेको देवकोटाको शालिकमा बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि मेची प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । चिकित्सकका अनुसार दुर्घटनामा उनको टाउँको, बायाँ खुट्टा र शरीरको भित्री भागमा चोट लागेको चिकित्सकले बताएका छन् ।

उनकी पत्नी पवित्रा महतरा विर्तामोड नगरपालिकाकी उपप्रमुख हुन् । मेची प्रादेशिक अस्पतालमा शव परीक्षण जाँचपछि उनको पार्थिव शरीरलाई कनकाई आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077