Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीको आँखा छलेर यसरी भागे थुनुवा

लहान । इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् ।

लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका नवराजपुर गाउँपालिका–१, सिरहा निवासी ३५ वर्षीय पशुपति यादव आज बिहान २ः०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077