Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पशुपतिमा भएको अनियमिततामाथि अख्तियारले थाल्यो छानबिन

    पशुपतिमा भएको अनियमिततामाथि अख्तियारले थाल्यो छानबिन

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषमा भएको अनियमिततामाथि छानविन थालेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको शंकामा आयोगले छानबिन सुरु गरेको हो ।

    अख्तियार स्रोतका अनुसार अनियमितताबारे उजुरी आएपछि आयोगले सुन खरिद गर्दाका मुचुल्कालगायत कागजात उपलब्ध गराउन पशुपति क्षेत्र विकास कोषलाई पत्र पठाएको छ । कोषले पनि अख्तियारले पत्र पठाएको स्वीकार गरिसकेको छ ।



    स्थानीय र सरोकारवालाको विवाद हुँदाहुँदै कोषले गत वर्ष शिवरात्रिमा सुनको जलहरी राखेको थियो । २०७० मै कोषले जलहरी राख्ने निर्णय गरे पनि विवाद उत्पन्न भएपछि काम अघि बढेको थिएन ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ ११ गते पशुपतिनाथ दर्शन गर्न जाँदा तत्काल ३० करोड रुपैयाँ सरकारले उपलब्ध गराउने बताएपछि प्रक्रिया अघि बढेको थियो । प्रधानमन्त्रीले वचन दिएको पर्सिपल्टै कोष सञ्चालक परिषद्को बैठकले काम अघि बढाउने निर्णय गरेको थियो । कोषका अनुसार जलहरी राख्न ८० करोड रुपैयाँ खर्च भएको छ ।

    कोषले १ सय ८ किलोको जलहरी राखेको बताइरहँदा आयोगमा परेको उजुरीमा भने ९७ किलो मात्र राखेको दावी गरिएके छ । सर्वोच्च अदालतले समेत तत्काल जलहरी नराख्न न्तरिम आदेश दिएको थियो । यद्यपी अदालतको आदेश आएको दिन आदेश आउनु अघि नै जलहरी राखिएको थियो ।

    वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्चमा छुट्टाछुट्टै रिट दिएका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जलहरी राख्ने काम रोकेर १५ दिनभित्रमा जलहरी राख्नुपर्ने कारण पेस गर्न आदेश दिएको थियो । उक्त मुद्दाको आझै किनारा लागेको छैन ।

    यद्यपी जलहरी राख्ने कामले पनि अझै पूर्णता पाएाके छैन । मन्दिरको ज्योतिर्लिङ्ग भट्टले बाहेक अरूले छुन नपाउने हुनाले एकै दिन काम सकिएको थिएन । त्यसपछि अदालतको आदेशले काम गर्न मिलेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार