Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्तरिक राजस्व विभागको समयमै आयकर तिर्न ताकेता

काठमाडौं । आन्तरिक राजस्व विभागले कर रकम दाखिला गर्न सूचना जारी गरेको छ ।

आइतबार बिभागले आर्थिक बर्ष २०७७-७८ को आयकरको तेस्रो किस्ता वापतको कर रकम दाखिला गर्ने सम्बन्धि सूचना जारी गरेको हो ।

सूचनामा आयकर ऐन,२०५८ (सं.स.) को दफा ९४ को उपदफा(१)बमोजिम आर्थिक वर्ष २०७७/७८ को आयकरको तेस्रो किस्ता वापतको अनुमानित करको शतप्रतिशत रकममध्ये तिर्न बाँकि कर रकम र यस अघि पेश गरिएको अनुमानित आयविवरण संशोधन गर्नुपर्ने विभागले जानकारी गराएको छ ।

यस्तै, विभागले २०७८ असार मसान्तभित्रै सम्बन्धित ठूला करदाता कार्यालय÷ मध्यमस्तरीय करदाता कार्यालय-आन्तरिक राजस्व कार्यालय -करदाता सेवा कार्यालयमा दाखिलागरि ऐन बमोजिम लाग्ने शुल्क, जरिवाना तथा ब्याजबाट बचौं भनी सूचना जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077