Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सप्तरीमा कोरोनाको खोप लगाएकै दिन एक बृद्धको मृत्यु

    सप्तरीमा कोरोनाको खोप लगाएकै दिन एक बृद्धको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.6K
    SHARES

    फाइल तस्बिर

    रामनारायण यादव / सप्तरी । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो मात्राको खोप लगाएकै दिन सप्तरीमा एक बृद्धको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ७ बस्ने ६५ देवराम मण्डलको मृत्यु भएको हो ।



    साँझ मण्डललाई असहज भएपछि उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा शनिवार राति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।



    ‘यद्यपी, उनको मृत्युको कारण भने खोप होइन्, उनले दिउँसो १२ बजेतिर नै दोस्रो मात्राको खोप लगाएको देखिन्छ’ उनले भने–‘र पछि गाउँकै एउटा पञ्चायतीमा सहभागी भएर साँझ मदिरा सेवन गरेपछि उनलाई असहज भएको बुझियो ।’

    सोहीसँगै उनलाई उपचारको लागि अस्पताल ल्याउन लागिएकोमा बाटैमा उनको मृत्यु भएको निमित्त प्रमुख यादवले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार