Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयल निगमद्वारा आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा आउन आह्वान

काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई लिएर आन्दोलित संयुक्त विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ ।

विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका थिए । विद्यार्थी नेता कार्यकर्ताहरुले आइतबार माइतीघरमा भेला भई शंख फुकेर विरोध जनाएका थिए ।

यसै विरोधलाई रोक्न आइतबार निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि, असार २८ गते दिउँसो १ बजेका लागि निगमको केन्द्रीय कार्यालय बबरमहलमा आपसी छलफलका लागि आन्दोलित विद्यार्थी संगठनलाई बोलाएको हो ।

गत असार २४ गते संयुक्त विद्यार्थी संगठनको तर्फबाट निगमलाई सम्बोधन गरी बुझाइएको ज्ञापनपत्रका विभिन्न वस्तुहरु उपर छलफलका लागि बोलाइएको निगमले जनाएको छ ।

गत साता निगमले पेट्रोल र डिजेलसँगै खाना पकाउने एलपी ग्यासको समेत प्रतिसिलिन्डर अधिकतम २५ रुपैयाँले मूल्य बृद्धि गरेसँगै विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077