Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला आजै आउन सक्ने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको  मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सम्भवतः आजै फैसला गर्न सक्ने आँकलन गरिएको छ।

आज संवैधानिक इजलास आज बस्न सक्ने वताइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहनुभएको सो इजलासमा यही असार २१ गते पक्ष तथा विपक्षको बहस सकिएको थियो ।

प्रधानन्यायाधीश राणाले असार २८ गते ‘हेर्दा हेर्दै’ को रूपमा इजलास बस्ने वताएका थिए ।

संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरूले असार २१ गतेयता कुनै पनि इजलासमा बसी मुद्दाको सुनुवाइ गरेका छैनन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित विघटित प्रतिनिधिसभाका एक सय ४६ सांसदहरूले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा बहुमत सांसदको हस्ताक्षर भएर पनि राष्ट्रपतिबाट देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरिएको उल्लेख गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रधानमन्त्री ओलीको सिफारिसबमोजिम प्रतिनिधिसभा विघटन गरी आउँदो कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने मिति तोकेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077