Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरो कप : रोनाल्डोलाई गोल्डेन बुट अवार्ड

एजेन्सी । पोर्चुगलका कप्तान एवम फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलको गोल्डेन बुट अवार्ड जितेका छन् ।

आइतबार राति युरो कपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरेका थिए । चार संस्करणको युरो कप खेलेका रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् ।

चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले सो अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।

युरोकपको उपाधि भने इटालीले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा तीन दुई गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077