Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादीबाट जनार्दन शर्मा र जसपाबाट उपेन्द्र यादव देउवा नेतृत्वको सरकारमा सहभागी हुने

काठमाडौं। सर्वोच्च अदालतले सोमबार संसद पुन: स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको छ ।

कांग्रेसका सभापति देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्माको नेतृत्वमा र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने लगभग पक्का जस्तै भएको छ।

उच्च स्तरिय स्रोतका अनुसार देउवा नेतृत्वको सरकारमा जसपा अध्यक्ष यादव उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने छन् भने माओवादी केन्द्रबाट जनार्दनको नेतृत्वमा सरकारमा सहभागी हुने भएपनि मन्त्रालय भने टुंगो नलागेको देउवा निकट स्रोतले जानकारी दिएको छ । यद्यपि शर्मा निकट स्रोतका अनुसार शर्मालाई गृहमन्त्री दिने बुझिएको छ।

यता स्वास्थ्य मन्त्रालय भने कांग्रेसले नै राखेर आजै मन्त्रिपरिषदको विस्तार गर्ने तयारी भएको नेताहरुले बताएका छन्। कांग्रेसको तर्फबाट गगन थापाको नाम चर्चामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077