Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तीमा ५० जनाको मृत्यु

एजेन्सी। इराकको एक कोरोना भाइरस अस्पतालमा आगलागी हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। दक्षिण इराकको नसिरियास्थित अल हुसेन अस्पतालमा भएको आगलागी सोमवार साँझ नियन्त्रण गरिएको छ।

आगलागीको कारण स्पष्ट नभए पनि अक्सिजन ट्याङ्की पड्किएर भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

इराकी प्रधानमन्त्री मुसतफा अल खादेमिले अस्पतालको प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन्।

प्रहरीसँग झडप भएको र दुई वटा प्रहरीको सवारीमा आगो लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।

अस्पतालको नयाँ वार्डमा ७० शय्या भएको र त्यो तीन महिनाअघि मात्रै निर्माण गरिएको त्यहाँका चिकित्साहरूले एपी समाचार संस्थालाई बताएको छ।

एक क्षेत्रीय अधिकारीका अनुसार सो आगलागी हुँदा अस्पताल भवनभित्र कम्तीमा ६३ मानिसहरू थिए।

"कोरोनाभाइरस वार्डभित्र निकै ठूलो विस्फोटको आवाज सुनेँ र त्यसलगतै आगलागी भयो," अस्पतालको एक सुरक्षा गार्डले रोयटर्सलाई बताए।

अस्पतालमा खोजीकार्य जारी रहेको बताइएको छ। (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077