Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रबि लामिछानेलाई अनेरास्ववियुले छिट्टै ठेगान लगाउने ऐन महरको चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको भातृ संगठन अनेरास्ववियु केन्द्रिय कमिटीका अध्यक्ष ऐन महरले संचारकर्मी रबि लामिछानेलाई सम्हालिएर जिम्बेवारी प्रस्तुत गर्न आग्रह गरेका छन्।

संचारकर्मी लामिछानेले अदालतको आदेश नमान्ने र त्यस्को बिरोधमा प्रदर्शन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवासंघको घोषणापछि अदालतको आदेश नमान्न तिमीहरुको बाऊको शासन हो र भन्दै बिरोध गरेका थिए।

यसै बिषयलाई लिएर अध्यक्ष महरले सामाजिक संजालमार्फत् लामिछाने नामको अराजक र ब्यभिचारी मान्छेलाई कानुन बमोजिम अनेरास्ववियुले छिट्टै ठेगान लगाउने चेतावनी समेत दिएका छन्।

'जस्तालाइ त्यस्तै जवाफ र व्यबहार अनेरास्ववियु ले राम्ररी जानेको छ, अध्यक्ष महरले फेसबुकमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077