Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापा देउवा कित्तामा, मन्त्री बन्दै

काठमाडाैं । जीवनको ७५ बर्षमा आइपुग्दासम्म  पांचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् । कांग्रेसबाट अहिले स्वास्थ्यमन्त्रीका लागि गगन थापाको चर्चा चुलिएको छ । सामाजिक संञ्जालदेखि नेपाली कांग्रेसभित्र गगन थापालाई अहिले स्वास्थ्यमन्त्री बनाउन दबाब दिइरहेका छन् ।

कोभिडसँग लड्न गगन थापाले दिएका सुझावहरुले राम्रो प्रतिक्रिया पाएको कारण अहिले स्वास्थ्यमन्त्रीमा गगन थापा उपयुक्त हुने तर्क सहित गगन थापालाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्ने माग गरिरहेको पाईएको छ ।

त्यसो त, कांग्रेसमा प्रभावशाली छबि बनाएका नेता थापालाई मन्त्रीमा नियुक्त गरेर सभापति देउवाले आगामी महाधिबेशनको लागि आफ्नो पकड दरो बनाएको पनि देउवा निकट नेताहरु बताउछन् ।

यद्यपि थापाले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077