Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सीआईबीको मुद्दा मिलाई दिन्छु भन्दै घुस लिने प्रहरी हवल्दारसहित २ जना अख्तियारको फन्दामा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा एक जना प्रहरी हवल्दारसहित २ जनालाई बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सुन व्यवसाय सञ्चालन गरी बसेका व्यक्तिको सीआईबीमा भएको मुद्दा मिलाई दिने भनी अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर प्रहरी हवल्दार बाबुराम घिमिरेले तीन लाख ९९ हजार घुस लिएको कसुरमा बिशेष अदालतमा मुद्दा दायर गरिएको हो।

हवल्दार घिमिरेले सेवाग्राहीलाई सुन तस्करको मुद्दा केन्द्रीय अनुसन्धान व्यूरोमा भएको नक्कली फाइल खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने डरत्रास धम्की दिई प्रतिवादी राजकुमार स्वर्णकारसँग मिली घुसवापत रकम लिएको पुष्टि हुन आएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।

आयोगले उनीहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरजन्य कार्य बमोजिम २०५९ को दफा (३) को उपदफा (२) को उपदाफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077