Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानूनमा ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने

    कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानूनमा ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँण मन्त्री बन्ने भएका छन् ।

    स्रोतका अनुसार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँड गृहमन्त्री बन्न लागेका हुन् । यस्तै, कांग्रेसकै अर्का नेता ज्ञानेन्द्र बहादुर कार्की कानुनमन्त्री बन्ने पक्का भएको कांग्रेसनिकट स्रोतको भनाइ छ।



    मंगलबार देउवा नेतृत्वको सरकारमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ ।



    नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् । यस्तै ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माओवादी केन्द्रबाट देउवा नेतृत्वको मन्त्रिमण्डलमा जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएकी छन् ।

    माओवादी स्रोतका अनुसार शर्मा अर्थमन्त्री र भुसाल उर्जा तथा जलस्रोतमन्त्री बन्ने भएकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार