Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पूर्व गृहमन्त्री खाँण आज रिहा नहुने

    पूर्व गृहमन्त्री खाँण आज रिहा नहुने

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 1K
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बिहीबार रिहा नहुने भएका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेता खाँण धरौटी बुझाउने प्रक्रियामा समय लाग्ने हुँदा आज नछुट्ने भएका हुन् ।



    बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको अवस्थाको अभाव देखिएको भन्दै ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।



    तर धरौटी बुझाउने प्रक्रियामा समय लाग्ने हुँदा खाण आज नछुट्ने बताइएको छ । काठमाडौँ जिल्ला अदालतले कांग्रेस नेता खाँणलाई गत असार १ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार