Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कारागारबाट छुटेका पूर्वगृहमन्त्री खाँणलाई सम्पत्ति शुद्धीकरण र अख्तियार लगिँदै

    कारागारबाट छुटेका पूर्वगृहमन्त्री खाँणलाई सम्पत्ति शुद्धीकरण र अख्तियार लगिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।

    केन्द्रीय कारागार प्रशासनले खाँणलाई पुल्चोकस्थित विभागमा उपस्थित गराएको हो । बैंक ग्यारेन्टी बुझाएपछि जिल्ला अदालत काठमाडौँबाट उनलाई पुल्चोक लगिएको छ ।



    खाँणलाई प्रदेश–३–०१–०२३ च ३७२६ नम्बरको निजी गाडी चढेर सम्पत्ति शुद्धीकरणमा उपस्थित भएका हुन् । सम्पत्ति शुद्धीकरणका महानिर्देशकले खाँणलाई साधारण तारेखमा छाड्ने वा धरौटी लिने भन्नेबारे निर्णय गर्नेछन् ।



    त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएसँगै छुटेका हुन्।

    उच्च अदालतबाट जिल्ला अदालतमा मिसिल पठाएसँगै खाँणका आफन्तले ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेण्‍टी बुझाएका हुन्। मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिँदा कोइरालाको इजलासले निर्णय गरेको हो।

    प्रकाश खरेलले खाँणलाई पुर्पक्षको लागि थुनामै राख्नुपर्ने राय दिएका थिए। तर जनक पाण्डेले उनलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार