Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १६९ किलो लागूऔषध गाँजासहितको भारतीय ट्रक प्रहरी नियन्त्रणमा

    १६९ किलो लागूऔषध गाँजासहितको भारतीय ट्रक प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.4K
    SHARES

    हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १६९ किलो लागूऔषध गाँजासहितको भारतीय ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा ट्रक चालक भारत मोतिहारीका ३० बर्षीय रविन्द्र राय र सहचालक ३१ बर्षीय मुक्तार सैफिक रहेका छन्।



    बुधबार बिहान बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हे.उ.म.न.पा. -१५ रातोमाटेस्थित पूर्व पश्‍चिम लोकमार्ग सडकखण्डबाट बारा तर्फ जाँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्दा सो परिमाणको लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।



    यस घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार