Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई तामझामसहित घर पुर्याएका कार्यकर्ताहरुले कोटेश्वरमा जलाए माधव नेपालको पुत्ला

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ता (समर्थक)हरुले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला दहन गरेका छन्।

सर्वोच्च अदालतको फैसलाबात प्रधानमन्त्रीबाट बर्खास्त भएर सरकारी निवासबाट निजी निवास फर्किएका ओलीलाई ‘स्कर्टिङ’ गरेर फर्किएका कार्यकर्ताहरुले कोटेश्वरमा नेता नेपालको पुत्ला जलाएका हुन्।

ओली बालुवाटारबाट बालकोट जाँदा मोटरसाइकलमा स्कर्टिङ गर्न पुगेका युवाहरुको समूह बालकोटबाट फर्किएर कोटेश्वरमा जम्मा भएको थियो।

यसैबीच, ओली पक्षका युवाहरुले नेता नेपाललाई टार्गेट गर्दै उनको घर घेर्ने तयारी गरेपछि प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेपछि प्रहरीले उच्च सतर्कता अपनाएको हो।

ओली पक्षका युवालाई नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन भएको छ, सुरक्षा स्रोतले भन्यो, नेपालको घर घेरेर आक्रामक गर्नसक्ने गम्भीर सूचना पाएका छौं।’

आज बिहान बालुवाटारबाट बालकोट पुगेका पूर्वप्रधानमन्त्री ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताउदै गद्दारको संज्ञा दिएका थिए भने ओली समूहका युवाहरुले नेपाललाई फाँसी दिन माग गर्दै नाराबाजी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077