Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

थप १८ जनाको मृत्यु, मृतकको संख्या ९,४३० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ६०६ जना निको भएका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज मुलुकभर ८, १०८ जनाको पिसिआर परीक्षणबाट २,०१० जनामा संक्रमण पुष्टि भएको छ भने ४,९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९,४३० पुगेको छ ।

यसअघि हिजो २,३९८ जनामा संक्रमण पुष्टि हुँदा २०७८ जना डिस्चार्ज भएका थिए भने १२ जनाको मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077