Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धनुषामा जन्मकैदको सजाय पाएका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ

धनुषा। जिल्ला प्रहरी कार्यालय धनुषाले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका फरार प्रतिवादीलाई ३४ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीप्रमुख एसपी प्रकाश रानाभाटका अनुसार पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका वडा नम्बर २ वस्ने वर्ष ७० का विकरू यादव रहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २७ चैत २०४३ मा यादवलाई जन्म कैद (२० बर्ष) फैसला सुनाएको थियो ।

तर, हालसम्म फरार रहेका यादवलाई बुधबार दिउँसो औरही गाउँपालिका १ पौडेश्वर स्थित खेतमा काम गरिरहेको बेला प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत धनुषामा हाजिर गराइएको छ । यादवलाई  जन्मकैदका लागि झुमका कारागार पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रानाभाटले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077