Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओली सरकारले बढाएको इन्धनको मूल्य देउवा प्रधानमन्त्री बनेलगत्तै घटाइयो

काठमाडौँ ।  निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले बढाएको इन्धनको मूल्य शेरवहादुर देउवा प्रधानमन्त्री बनेको २४ घण्टा नबित्दै घटाइएको छ।

नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा मूल्य घटाउने निर्णय गरेको हो ।

निगमद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गर्दै जाँदा इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गरिनुपर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संगठनको मागलाई मध्यनगर गर्दै बुधबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मटितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय भएको छ । नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल प्रतिलिटर १ सय २८ र डिजेल र मटितेल प्रतिलिटिर १ सय ११र १ सय ११ कायम गरिएको छ ।’

नेपाल आयल निगमले  अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहेकाले निगमको आर्थिक स्थिति उकास्न मूल्यलाई समायोजन गर्दै लैजानुपर्ने बाध्यतालाई बुझ्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077