Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बालविवाह गरेको आरोपमा दुलहासहित तीन पक्राउ

पर्सा । पर्सामा बालविवाह गरेको आरोपमा दुलाहासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पकहा मैनपुर गाउँपालिका–१ धोरेका २४ वर्षीय दुलाहा विशाल सहनी, सोही वडाका ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका–५ बेलहिया पनटोकाका ४८ वर्षीय महेश सहनी छन्।

पक्राउ परेका दुलाहासहित तीनै जनाले आपसी सहमति गरी १७ वर्षीया किशोरीसित असार १७ गते विशालले बिहे गरेका थिए।

पक्राउ परेका तीनै जनालाई विवाहसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077