Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पार्टी पदाधिकारीको बैठक स्थगित गराएर देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

    पार्टी पदाधिकारीको बैठक स्थगित गराएर देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार प्रधानमन्त्री देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको हुन्।



    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।



    मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले यसअघि तय गरिएको पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए ।

    आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने देखिएको छ। जसमा थप मन्त्रीमण्डलको विस्तार हुन सक्ने बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार