Jul 09 2026 | २०८३, आषाढ २५ गते

09 Jul 2026 | बिहिवार, आषाढ २५ गते २०८३

बिहिवार, आषाढ २५ गते २०८३
images
images

नक्कली बुबा बनेर नेपाली नागरिकता बनाउन खोज्ने भारतीय ज्वाइँ–ससुरा पक्राउ

रामनारायण यादव/ सप्तरीर । प्रशासन कार्यालय सप्तरीबाट फर्जी हस्ताक्षर गरी नागरिकता बनाउने दुई जनालाई प्रहरीले कार्यालय परिसरबाटै पक्राउ गरेको छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका दुई जनालाई पक्राउ गरेको हो । नक्कली बुबा बनेर ज्वाइँलाई नेपाली नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवै जनालाई पक्राउ गरिएको सप्तरीका (सीडियो) जयनारायण आचार्यले जानकारी दिए ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १५ देउरी भरुवा का देबन यादव र उनका ज्वाइँ शिबनन्दन यादव रहेका छन् । शिबनन्दन भने भारतीय नागरिक रहेको र यस बिषयमा थप अनुसन्धान भइरहेको सीडियो आचार्यले बताए ।

शिबनन्दन आफ्नो छोरा भएको भन्दै देबनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी आएका थिए ।

नक्कलि नागरिता बनाउने व्यक्तिहरुको बारेमा पहिला नै जानकारी पाए पछि प्रशासकीय अधिकृतको टेबुलमा उनीहरुको फायल आएकै समयमा प्रशासन कार्यालयले वडा अध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी लिदाँ उनले गरिएको सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएका थिए । ‘उनले गर्दै आएको हस्ताक्षर मिलेको देखिएन्’ प्रशासकीय अधिकृत किशोर रामले भने, “लगत्तै प्रहरी बोलाएर दुबै जनालाई पक्राउ गर्न लगाए ।”

पक्राउ परेका देवनका ज्वाइँ शिबनन्दनले आफू नेपाली नागरिक भएको दावी गर्दै आएका छन् । तर, स्थानीयले भने उनी भारतीय नागरिक भएको बताएका छन् । यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077