Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर आज भारी वर्षाको सम्भावना रहेको छ ।

आज मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी तथा गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षा हुनेछ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने छ ।

प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।।

हाल नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077