Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक आज बस्दै छ ।

बैठकको समय दिउँसो २ बजेका लागि तय गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाएका छन्।

बैठक मुख्यगरी १४ औं महाधिवेशनको तयारीबारे केन्द्रित रहने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठक पार्टी कार्यालय वा अन्यत्र कहाँ बस्छ भन्ने यकिन छैन। प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दैछन् । बालुवाटारमा बैठक बस्न सक्ने सम्भावना समेत छ।

क्रियाशील सदस्यता विवाद, १४ औं महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077