Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२,९३६ जनामा संक्रमण पुष्टि हुँदा १,७७५ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ७७५ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ पीसीआर परीक्षणमा २ हजार ९३६  जना र ४ हजार ५६९ एन्टिजेन परीक्षण गर्दा ९३० गरी २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ५०६ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो २६७६ जनामा संक्रमण पुष्टि हुँदा १७५७ जना डिस्चार्ज भएका थिए भने ३३ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077