Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकिङ कसुरमा २ करोड ५६ लाख जरिवना तोकिएका व्यक्ति पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बैंकिङ कसुर मुद्दामा २ करोड ५६ लाख जरिवाना तोकिएका एक जनालाई पक्राउ गरेको छ ।

दमक नगरपालिका–१६, झापा घर भइ काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेललाई चितवन प्रहरीले आज रत्ननगर नगरपालिका–११ जिरौनाबाट पक्रउ गरेको हो ।

उच्च अदालत पाटनले २०७७ साल चैत २२ गते ढुंगेललाई बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र २ करोड ५६ लाख रुपैयाँ जरिवाना तोकेको थियो।

चितवनमा लुकेर बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077