Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कञ्चनपुरको लिङ्गेश्वर धामका बाबाको कसले गर्यो हत्या ?

काठमाडौं। कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले बाबालाई मृत अवस्थामा फेला पारेको जनाए पनि स्थानीयले भने उनको हत्या भएको आशंका गरेका छन् ।

वेदकोट नगरपालिका–४ मा पर्ने शिव लिङ्गेश्वर धाम लिङ्गामा बस्दै आएका बाबा किसन नाथ आज विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुर प्रहरीले अहिले घटनास्थल सिल गरेर अनुसन्धानको गरिरहेको जनाएको छ । प्रहरीले बाबाको हत्या भएको हो आत्महत्या वा अन्य कुनै कारण मृत्यु भएको हो भन्नेबारे खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077