Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तानमा अफगानी राजदूतकी छोरीको अपहरण

एजेन्सी । पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ ।

पाकिस्तानको इस्लामाबादमा उनकी छोरीलाई अपहरण गरी यातना दिइएको बीबीसीले जनाएको छ । विद्रोही समूह तालिबान घटनामा संलग्न रहेको बताइएको छ ।

पाकिस्तानका सञ्चारमाध्यमले भने राजदूत अलिखिलकी छोरी रिहा भइसकेको जनाएको छ । यसबारे कुनै पुष्टि भएको छैन ।

अफगानिस्तानले घटनाको निन्दा गर्दै सुरक्षा सतर्कता बढाउन पाकिस्तानलाई आग्रह गरेको छ । यो घटनाले दुई देशबीच तनाव उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077