Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतबाट झलनाथ खनालको अपील : अलमलमा नपरी देउवालाई विश्वासको मत दिनुहोस्

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् ।

आज बरिष्ठ नेता खनालले एक वक्तव्य जारी गर्दै आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पार्दै उनलाई संसदमा विश्वासको मत दिन अपिल गरेका हुन्।

भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले वक्तव्यमार्फत् एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन्।

नेपाल समूहका २३ जना सांसद सर्वोच्च अदालत उपस्थित भएर संसद पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरेका थिए ।

संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077