Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा प्रदीप ज्ञवालीले भने– देउवाजी श्रीमान ५ हरुबाट प्रधानमन्त्री बन्नुभयो

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना भएपछिको पहिलो बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर देउवा श्रीमान ५ हरुबाट प्रधानमन्त्री बनेको आरोप लगाएका छन् ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पद खोसेका देउवालाई अहिले सर्वोच्च अदाललतका प्रधानन्यायाधीशसहित चार न्यायाधीहरुले प्रधानमन्त्री बनाएको भन्दै उनले देउवा संविधान धारा ५ बाट नभई श्रीमान ५ हरुबाट प्रधानमन्त्रीमा नियुक्त भएको बताए ।

उनले भर्खरै सम्पन्न कोपा अमेरिका र यूरो कप फुटबलको उदाहरण दिएर सर्वोच्च अदालतलाई रेफ्रीको संज्ञा दिंदै खेलाडीले नभई रेफ्रीले नै गोल हानेको तर्क प्रस्तुत गरे ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति देउवाले आज संसदमा विश्वासको मत लिंदैछन् ।

संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077