काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट सांसदहरुले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आले र तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् ।
उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् ।
डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढा र मुगुका गोपाल बमले पनि प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा देउवालाई विश्वासको मत दिएका छन् ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकबाट विश्वासको मत लिएका हुन। ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए । देउवालाई विश्वासको मतको पक्षमा १६५, विपक्षमा ८३ र मत दिन्नमा १ मत परेको थियो । जम्मा उपस्थित संख्या २४९ रहेको थियो ।
देउवालाई कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्षका केही सांसद, जसपा, राष्ट्रिय जनमोर्चाका सांसदले विश्वासको मत दिएका थिए ।