काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकबाट विश्वासको मत लिएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका छन् । देउवालाई विश्वासको मतको पक्षमा १६५, विपक्षमा ८३ र मत दिन्नमा १ मत परेको छ । जम्मा उपस्थित संख्या २४९ रहेको थियो ।
देउवालाई कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्षका केही सांसद, जसपा, राष्ट्रिय जनमोर्चाका सांसदले विश्वासको मत दिएका हुन् । एमालेको ओली पक्षले भने विश्वासको मतको विपक्षमा मत दिएको छ । राप्रपा भने तटस्थ बसेको छ । ओलीनिकट सांसदहरुले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए।
ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आले र तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिए ।