Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवासँग हात मिलाएर ओलीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वाशको मत लिने क्रममा संसदमा  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हात मिलाएका छन् ।

ओलीले आइतबार संसद्‌मै देउवालाई बधाई दिएका छन् । ओलीले संसद्‌मा विपक्षी दलको नेता एवं तत्कालीन प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्ने अपेक्षा भए पनि  आफ्नो दलको तर्फबाट प्रवक्ता प्रदीप ज्ञवालीलाई बोल्न अघि सारेका थिए ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकको मध्यतिर ओलीले देउवालाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकबाट विश्वासको मत लिन सफल भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । देउवालाई विश्वासको मतको पक्षमा १६५, विपक्षमा ८३ र मत दिन्नमा १ मत परेको छ । जम्मा उपस्थित संख्या २४९ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077