मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक साथ र समर्थन मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्मसंस्कृति सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । शेयर बजारको लगानीले राम्रै लाभ मिल्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको सफल र लाभदायक यात्रा पनि हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्षउमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज लाभहानी, आयव्यय, सुखदुख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।
आज लाभहानी, आयव्यय, सुखदुख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।