Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बालुवाटारमा पार्टीको बैठक नबोलाउन प्रधानमन्त्री देउवालाई गगनको अनुरोध

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगन थापाले बालुवाटारमा पार्टीको बैठक नराख्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन्।

पछिल्लो समय प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले बालुवाटारमा पार्टीको पदाधिकारी बैठक राखेकोमा चौतर्फी बिरोध भएपछि नेता थापाले यस्तो अनुरोध गरेका हुन्।

आज बिहान सामाजिक संजालमार्फत कांग्रेस नेता थापाले लेखेका छन्,' प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले' पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न'भन्ने विश्वास दिलाउनु भएको छ।

प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला।'

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fthapagk%2Fposts%2F4287210641322815&show_text=true&width=500" width="500" height="213" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077