Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओली निकट युवा संघले माधव नेपालको सांकेतिक शव बनाएर जलाएपछि...

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध प्रदर्शन गरेको छ।

आज दिउँसो ओलीनिकट युवासंघले नेता नेपालको निर्वाचन क्षेत्र काठमाडौँ–२ प्रदर्शन गरेको हो।

आइतबार नेपाल पक्षले प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विरोधमा युवा संघले प्रदर्शन गर्दै नेता नेपालको सांकेतिक शव बनाएर जलाएको छ।

प्रतिनिधि सभामा एमालेका २२ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए।

पछिल्लो समय ओली निकट युवासंघले नेता नेपालको घर घेर्नेदेखि लिएर पुत्ला दहन गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077