Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ज्वाईको 'कडा पावर'ले डिआइजी बढुवा प्रक्रिया अवरुद्ध !

काठमाडौं । शक्ति केन्द्रहरुमा चर्को प्रतिस्पर्धाका कारण नेपाल प्रहरीको डिआइजीमा बढुवा प्रक्रिया रोकिएको छ ।

आईजीपी शैलेश थापा क्षेत्रीको सुस्त कार्यशैलीका कारण पनि बढुवा प्रक्रिया शुरु हुन नसकेको  वताइएको छ। हाल नेपाल प्रहरीमा डिआइजीका दुई पद र एसएसपीमा पनि तीन भन्दा बढी पद रिक्त रहेका छन्।

डिआइजी बढुवामा आधा दर्जन एसएसपीहरुबीच कडा टक्कर  छ । डिआइजी बढुवामा सञ्चारतर्फको एक पद  प्रशासनतर्फ ल्याएर बढुवा गर्न लागिएको छ । गृहमन्त्री बालकृष्ण खाँडले आर्थिक अनियमिततामा मुछिएकी पूजा सिंहलाई बढुवा गर्नुपर्ने अडान राखेका छन् भने आईजीपी क्षेत्री सौरभ राणालाई बढुवा गर्नुपर्ने पक्षमा छन्।

तर, अन्तिममा एकाएक सिनियर टोलीमध्धेकै एसएसपी हरिराज  वाग्लेको बढुवामा  दबाब परेपछि बढुवा प्रक्रिया  रोकिएको छ ।  एसएसपी वाग्ले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका ज्वाई हुन् । मुख्यमन्त्री पोखरेलले वाग्लेको बढुवाका लागि दबाब दिएपछि बढुवा प्रक्रिया अन्तिममा रोकिएको वताइन्छ ।

अब नयाँ आर्थिक वर्ष सुरु भएसँगै नयाँ कार्यसम्पादन मूल्याङकन गर्नुपर्ने भएकाले अब कम्तीमा एक महिनापछि मात्र बढुवा हुने अवस्था देखिएको छ । डिआइजीमा जूनियर टोलीबाट एसएसपीहरु दीपक थापा, सन्दीप भण्डारी, टेकप्रसाद राईलगायतले पनि लबिङ गरिरहेका छन् । गृहमन्त्री खाँड भने सिनियर टोलीलाई नै बढुवामा प्राथमिकता दिने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077